बीपी राजमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक
रामेछाप – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोककाे काभ्रे भञ्ज्याङ देखि नेपालथाेकसम्म सडक खण्डमा आज (साउन १) गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारीसाधन चलाउन रोक लगाइएको हो । मनसुन सक्रिय रहेकाे र विपद्जन्य घटना हुनसक्ने भएकाे भन्दै असार ३१ गते बसेको काभ्रेको सुरक्षा समितिकाे बैठकले साउन १देखि महिनासम्म रातिकाे समयमा सवारीसाधन चलाउन नदिने निर्णय गरेको हाे ।
यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाकाे सुरक्षा समितिकाे संयुक्त बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।
गत वर्ष असोज १२ गतेकाे बाढीका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथाेक सम्मकाे सडकमा क्षेति पुगेकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस