विपद् समयावधिभर कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न प्रजिअ थापाकाे आग्रह
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपदकाे समयावधिभर जिल्ला नछाड्न आग्रह गरेका छन् । बिहीबार एक कार्यक्रममा प्रजिअ थापाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न आग्रह गरेका हुन् ।
वर्षातकाे समय भएकाले जुनसुकै बेला जस्ताेसुकै विपत्ति आउन सक्ने र विपत्ति आइपरेमा तत्काल उद्वारका लागि तयार हुनपर्ने भएकाले विपदका समयावधिभर कार्यालय नछाड्न आग्रह गर्दै कार्यालयसँग भएका स्राेतसाधनहरुलाई तयारी अवस्थामा राख्न समेत प्रजिअ थापाले अनुराेध गरेका छन् ।
कार्यक्रममा प्रजिअ थापाले सार्वजनिक निकायहरु जिम्मेवार , पारदर्शी जवाफदेही हुनुपर्ने भन्दै सम्पूर्ण कार्यालयलाई स्वत प्रकाशन गर्नुपर्ने सुचनाहरु नियमित रुपममा समयै प्रकाशन गर्न निर्देशन दिए । कतिपय कार्यालयहरुले नियमित रुपमा स्वत प्रकाशन गर्नुपर्ने सुचना समेत प्रकाशन नगरेकाे गुनासाे आएपछि प्रजिअ थापाले यस्ताे निर्देशन दिएका हुन ।
प्रजिअ थापाले सार्वजनिक सुनुवाइलाई आगामी दिनमा अझ जवाफदेही ,व्यवस्थित र प्रभावकारी बनाउने प्रयत्न गर्ने बताए ।
रामेछाप नगरपालिकाकाे सभाहल भएकाे सार्सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला स्थित सेवा प्रवाह गरिरहेका कार्यालयहरुले आ- आफ्नाे कार्यप्रगति प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस