सांसद तामाङद्वारा तीन महिनाकाे तलब सुविधा बाढी पिडितलाई प्रदान गर्ने घाेषणा
रामेछाप – नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले पाउदै आएकाे तीन महिनाकाे तलब सुविधा रसुवाका बाढी पिडितका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।
नेपाल सरकारले आफुलाई प्रदान गर्ने गरेकाे सुविधाबापतकाे रकम बाढी पिडितका लागि प्रदान गर्ने बताएका हुन । सांसद तामाङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए छन् ।रसुवामा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण तथा राहतका लागि साे रकम उद्वारकाेषमा जम्मा गरेर सहयाेग गर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई पत्र मार्फत रसुवाका बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने जानकारी गराएकाे सांसद तामाङकाे सचिवालयले जानकारी दिएकाे हाे । प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सांसद तामाडले उक्त अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस