मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
रामेछाप – मन्थली नगरपालिकाले यहि जेष्ठ मसान्तभित्र नगरलाई बालमैत्री नगर घाेषणा गर्ने तयारी गरेकाे छ । मंगलबार पत्रकारसँगकाे छलफल कार्यक्रममा नगरले बालमैत्री नगर घाेषणाका लागि आवस्यक सुचकहरु पूरा गरेकाे र घाेषणाकाे तयारी गरिएकाे जानकारी दिएकाे छ ।
बालमैत्री स्थानिय शासन कार्यन्वयन निर्देशिका २०७८ बमोजिम २०७९ पाैष १० गते मन्थली नगरपालिकाकाे १२ ओैं नगरसभाबाट निर्णय गरेर बालमैत्री नगर घाेषणाकाे पुर्व तयारीकाे काम थालनी गरिएकाे थियाे । साेही बमोजिम हाल नगरले उक्त निर्देशनमा निर्दिष्ट ५१ वटै सुचकहरु पूरा भएकाे जनाएकाे छ ।
छलफल कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले राष्ट्र समग्र विकासकाे पहिलाे खुड्किला नै बालमैत्री भएकाे बताउदै उनले भने अन्य विकासका लागि पनि हामी हाम्राे नगर बालमैत्री बनाउन पर्ने र त्यसाे भएमा , शिक्षा , स्वास्थ्य ,पाेषण, पर्यटन सबै क्षेत्रकाे विकासमा सहयाेग पुग्ने बताए । नगरपालिकाकाे सबै वडाहरु बालमैत्री घाेषणा गर्नका लागि सबै सुचकहरु पूरा गरेर तयारी अवस्थामा भएकाले घाेषणाकाे तयारीमा नगरपालिका जुटेकाे नगर प्रमुख श्रेष्ठले बताए ।
बालमैत्री नगर घाेषणाका लागि पूरा गर्न पर्नु सुचकहरुका सन्दर्भमा नगरपालिका गरेका गतिविधि तथा अवस्थाका बारेमा नगरका सुचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी गराएका थिए । उनका अनुसार नगरले बालमैत्री स्थानिय शासन न्युनतम सुचकहरुमा बाल बचाउ अन्तर्गत १४ वटा, वाद संरक्षणमा १० वटा,बाल विकासमा ६ वटा, बाल सहभागीताका लागि ६ वटा र संसथागत विकास तर्फ १५ वटा गरि ५१ वटा सुचकहरु पूरा गरेकाे बुढाथोकीले जानकारी दिए ।
त्यसैगरि बालमैत्री नगर घाेषणाका लागि पुर्व तयारी चरण , तयारी चरण ,नीति तथा याेजना तर्जसमा तथा कार्यन्वयनकाे चरण पूरा भएकाे छ भने अब अनुगमन ,मुल्यांकन र प्रतिवेदनकाे चरण र बालमैत्री वडा ,नगर घाेषणा तथा दिगाेपनकाे चरण बाकी रहेकाे जनाइएकाे छ ।
बालमैत्री नगर घाेषणा पछिकाे दिगाेपनाका लागि कार्यक्रममा सहभागी पत्रकारहरुले कार्यक्रम घाेषणामा मात्र सिमित हुन नदिन सचेत गराएका छन् । त्यस्तै नगरका सबै नागरिक तथा सबै पक्ष बालमैत्री व्यवहार तथा व्यवस्थापनमा सचेत हुनुपर्ने बताएका छन् त्यसका लागि नागरिक स्तरमा समेत सचेतनाकाे कार्यक्रममा जाेड दिन नगरलाई आग्रह गरे ।
क्याटेगोरी : शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस