टिफरबाट खसेर घाइते युवककाे मृत्यु
रामेछाप – गुडिरहेको टिफरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार दिउँसो बालुवा लिएर मन्थलीकाे सुकाजाेर खाेलाबाट मन्थली ४ सालु तर्फ जाँदै गरेको प्रदेश नं.३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर घाइते भएका मन्थली नगरपालिका ४ सालुका ३२ वर्षका नारायण बस्नेतको मृत्यु भएको छ ।
गुडिरहेको टिफरको ढालाबाट खसेर घाइते भएका बस्नेतको तामाकोशी अस्पतालमा मन्थलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
टिफर चालक मन्थली ५ सुनारपानीका वर्ष ३४ का कुमार कार्की र टिफरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस