अपराधिक गतिविधिमा इन्स्पेक्टर तामाङको कडा निगरानी ठुलै परिणाममा ‘अवैध’ सुन बरामद
काभ्रे – काभ्रेपलान्चोकमा ‘अवैध’ सुन सहित दुई जना पक्राउ परेका छन् । लुकाई छिपाई काठमाण्डौंबाट बनेपा तर्फ ल्याउँदै गरेको ५५९.७ ग्राम सुनसहित दुई जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदह स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत अत्यन्तै निडर व्यावसायिक छवि भएका प्रहरी निरीक्षक प्रशान्त तामाङको कमान्डमा खटिएको प्रहरी टोलीले ‘अवैध’ सुन बरामद जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
काभ्रेपलान्चोक जिल्लाकाे रोशी गाउँपालिका ९ बस्ने ३७ बर्सिया कार चालक वसन्त कुमार लामा र कारमा सवार रामेछाप जिल्ला रामेछाप नगरपालिका १ स्थायी घर भई हाल बनेपा नगरपालिका ५ घोगे चौर बस्ने २९ बर्सिया अमृत श्रेष्ठलाई सुनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
गत आइतबार दिउँसो गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक तामाङकाे नेतृत्वको टोलीले काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको बागमती प्रदेश बि.एडि ८६०१ नम्बरको निलो रङ्गको कारलाई चेकजाँच गर्ने क्रममा ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ बराबरको सुन रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
उहाँको अनुसार काभ्रेमा विगत १० वर्ष यताकै प्रहरीले यति ठुलो परिमाणको अवैध सुन बरामद गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस