फर्पु सुमाे दुर्घटना :अपडेट
रामेछाप – राछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा सुमो दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालक सहित ३ जना घाइते भएका छन् ।
शुक्रबार दिउसाे काठमाडौँबाट गोकुलगंगा गाउँपालिक ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको सुमो सडकबाट झण्डै ३ सय मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मृत्यु भएकाहरुमा गोकुलगंगा गाउपालिका ४ का वडाध्यक्ष अन्दाजी ४५ वर्षको रामचन्द्र बस्नेत ,मन्थली न१० चिसापानी बस्ने बर्ष ३५ को हिरा बहादुर कार्की (चालक), गोकुलगंगा ५ बस्ने बर्ष ३० की कविता कार्की खड्का ,उनकाे बर्ष ७ की स्वस्तिका खड्का र एक जना मृतककाे हाल सम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइतेहरुमा जिल्ला कास्की लेखनाथ नगरपालीका घर भएको बर्ष ४२ को केशव शर्मा अवस्था मध्यम रहेकाे छ । अन्दाजी बर्ष ४ बर्षको बालक नाम थर वतन नखुलेको शरिरको बिभिन्न भागमा चोट लगेकाे अवस्था मध्यम रहेकाे छ र गोकुलगंगा गाउपालिका ४ बेताली बस्ने बर्ष २७ की सरस्वती कार्कीकाे ढाडमा चोट अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूको मन्थली स्थित अस्पतालमा सामान्य उपचार गरि थप उपचारका काठमाडौं रिफर गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस