गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे
लुम्बिनी, मंसिर ८ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा भएकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले यस्ताे बताएका हुन्।
भैरहवामा आयोजित उक्त कार्यक्रममा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि व्यवसायिहरूले आशंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान दिगाे रुपमा हुने बताएका हुन ।
उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने प्रतिवद्वता जनाए । मन्त्री पाण्डेले भने ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ । मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाे भन्दै भैरहवालाई पर्यटनको इपिसेन्टको संज्ञा समेत दिए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा कमीकमजोरी सुधार गरेर जाने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस