इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो ।
आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।
अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो ।
गत वर्षको अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसक्रममा एक हजारभन्दा धेरैको ज्यान गएको थियो भने २५० भन्दा बढी इजरायली अपहरणमा परेका थिए ।
जवाफी कारबाहीमा उत्रिएको इजरायलले अझै आक्रमण गरिरहेको छ । जसमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । एक लाखभन्दा बढी घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- २ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ३ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ४ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ५ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ६ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ७ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ८ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी















प्रतिक्रिया दिनुहोस