सवारी दुर्घटना कम गर्न गृहमन्त्रीकाे निर्देशन
गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सराेकारवाला निकायलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । मन्त्री लेखकले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएकाे सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा भएको छलफलमासम्बन्धित निकाय र सराेकारवालालाई संवेदनशील काम गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको उल्लेख गर्दै मन्त्री लेखकले यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतीपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
त्यसैगरी मन्त्री लेखकले जोखिममा रहेका सडक तथा राजमार्गहरु तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस