नागरिककाे धनजनकाे रक्षा गर्न कुनै कसुर नराख्ने : कार्यबाहक प्रधानमन्त्री सिंह
काठमाडौ – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गरेका छन्। शनिबार विहान कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन् ।
सरकारले विपद्काे बेलामा नागरिककाे धनजनकाे रक्षा गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताएका छन् । केही जिल्लामा मानवीय क्षति भएको सडक, पुलपुलेसा पनि भत्किएको भन्दै प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको सिंहकाे भनाई छ ।
‘यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ। त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी छ,’ उनले भनेका छन्, ‘गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको छ।’ यो विषम परिस्थितिमा सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन पनि उनले आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस