कल्लेरीमा भएकाे बाेलेराे दुर्घटनामा १ काे मृत्यु ९ घाइते
रामेछाप – मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । मंगलबार साझ भएकाे दुर्घटना परि १ जनाको घटना स्थलमा नै मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
मन्थलीबाट खाँडादेवी गाउँपालिका ७ पिङखुरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ को ३९०९ नम्बरको बोलेरो मन्थली नगरपालिका ७ कल्लेरीमा दुर्घटना भएको हाे । दुर्घटना परि मृत्युु हुनेमा मन्थली नगरपालिका ७ की माया बिक रहेकाे स्थानिय भिम बहादुर नेपालीले जानकारी दिएका छन् । बाेलेराेमा सवार ९ जना घाइते भएका छन् भने घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाइतेहरुकाे उद्दार गरि मन्थली अस्पतालमा उपचार हुँदै छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । घटनाको विषयमा थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस