सिन्धुलीकाे बाेहाेरेटारमा यात्रुबाहक र माेटरसाइकल ठाेक्किदा दुइकाे मृत्यु
सिन्धुली – सुनकोशी गाउँपालिकामा -३ बोहोरेटारमा सोमबार बिहान यात्रुबाहक बस र मोटरसाइकल ठाेक्किदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मन्थलीबाट काठमाडौं तर्फ जाँदै गरेकाे बिपि बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठाेक्किएर दुर्घट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
दुर्घटनामा परि मृत्युु हुनेमा बा ६० प ३४४५ नम्बरको मोटरसाइकल चालक अन्दाजी २४/२५ बर्षका चालक र मोटरसाइकलमा सवार खोटाङ दिक्तेल नगरपालिका -१० बस्ने बर्ष १८ कि मुनाकला राईको घटस्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मृत्यु भएका माेटरसाइकल चालककाे भने परिचय नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मन्थलीबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बसका चालक मन्थली नगरपालिका -१३ बस्ने बर्ष २४ का रुपेश अधिकारीलाई ईलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस