ईजरायलबाट २५० जना नेपाली नेपाल आउदै
काठमाडौँ – इजरायलबाट २५० जना नेपाली नेपाल आउनका लागि विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
इजरायलकाे युद्धरत स्थानमा रहेकाे नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेका थिए । उक्त टाेली नेपाली लिएर राति नेपाल आइपुग्नेछ ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले आवेदन दिएका छन् ।
इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा २५० नेपाली विद्यार्थी लिएर आज राति जहाज नेपाल आइपुग्न लागेका हाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस