पानीमा डुबेर बालिकाको मृत्यू, युवक वेपत्ता
रामेछाप – रामेछापको मन्थली नगरपालिका ४ गैह्राथोका भक्तवहादुर बलम्पाखीकी १० बर्षिया छोरी महनकुमारी बलमपाखीको बुधबार पोखरीमा डुबेर मृत्यू भएको छ ।
घरमा कोहि नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिंचाई पोखरीमा पसेकी थिईन । बालिका पोखरीमा डुबेको खवर पाउना साथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा अपरान्ह बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैविच बुधबारनै तामाकोशीमा पौडि खेल्ने क्रममा रामेछापको खाँडादेवि गाउँपालिका ४ कल्चुडेका २१ बर्षिय अनुज पौडेल वेपत्ता भएका छन् ।
भटौलीको मुगिटार नजिकबाट पौडि खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजि कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादुर पराजुलीका अनुसार उनको खोजि कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपत संग सम्बन्धीत सुरक्षाकर्मीले खोजि कार्य जारी राखेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस