खानेपानीको न्यूनतम महशुल घटाउने निर्णय
रामेछाप । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको न्यूनतम मूल्य घटाएको छ । हाल मासिक धारा महसुल न्यूनतम ६ सय लिदै आएको उक्त समितिले आउदो श्रावण देखि लागू हुने गरी मासिक शूल्कमा १ सय घटाएर ५ सय कायम गर्ने निर्णय गरेको हो । शनिबार मन्थलीमा सम्पन्न समितिको २१ औं बार्षिक साधारण सभाले न्यूनतम महशुल दर घटाउने निर्णय गरेको अध्यक्ष पूर्णवहादुर सुवेदीले वताए ।

बार्षिक साधारणसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले जिल्ला सदरमुकाममा रहेको खानेपानी प्रणालीलाई अझ व्यवस्थित वनाउनुका साथै संकटका बेला संचालन गर्न बैकल्पिक योजनाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । खानेपानी योजनाको कार्यान्वयनका लागि आफुले सकेको सहयोग गर्ने उनले वताए ।
समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा भएको उक्त साधारणसभामा नेपाल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लेखवहादुर कार्की, पूर्व अध्यक्षहरु रामचन्द्र वियोगी र नारायण दाश श्रेष्ठ लगाएतले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष सुवेदीका अतिरीक्त सचिव ढाकलवहादुर थापा र कार्यवाहक कोषाध्यक्ष कृष्णवहादुर बस्नेतले प्रश्तुत गरेका संगठनात्मक गतिविधि, बार्षिक कार्यक्रम र भावि योजनाका साथै बार्षिक आय व्यय विवरण उक्त साधारण सभाले पारित गरेको थियो । सम्मान तथा पुरस्कार स्थापनाकाल देखि समितिको संस्थागत विकासमा योगदान गर्ने संस्थापक अध्यक्ष नारायणदाश श्रेष्ठ र निवर्तमान अध्यक्ष रामचन्द्र वियोगीलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यसैगरी समितिमा लामो अवधि देखि कार्यरत कर्मचारीहरु टंकराज फुयाँल र लोकवहादुर पहरीलाई नगद पुरस्कार र कदर पत्र प्रदान गरीएको थियो ।
समिति मार्फत विभिन्न योजनाहरुबाट करिव १ हजार खानेपानीका धारा वितरण हुदै आएका छन् । उपभोक्ताहरुलाई आवश्यक पर्ने पानीको वितरण गर्न समितिले लिफ्ट योजना मार्फत अधिकांश पानी आपूर्ति गरी वितरण गर्नेगर्छ । भलुवा खोला र मचवारी खोलाको मुहान गरी ल्याइएका योजनामा खडेरीका कारण न्यून मात्रामा मात्र पानी आपूर्ति हुने गरेकोले लिफ्ट प्रणालीका ३ वटा संरचना समितिले संचालन गर्दै आएको छ । समितिले सरदमुकाम र आसपासका ग्रामिण वस्तीमा पानी वितरण गर्नेगर्छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस