पत्रकारहरु निमुखाको साहारा बन्नुपर्छ : नगरप्रमुख श्रेष्ठ
रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले संचार माध्यम र त्यसमा सम्लग्न पत्रकाहरुले निमुखाको साहारा वन्नु पर्ने वताएका छन् । समाजका नागरिकको कुरा अरुले राज्य सम्म ल्याउदैनन् पत्रकारलेनै हो उनले भने ।
नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले शुक्रबार देखि मन्थलीमा आयोजना गरेको अनलाइन प्रविधिमा आधारित तालिमको उद्घाटन गर्दै श्रेष्ठले सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सधैंब सक्रिय भूमिका निर्वाह गर्नुपर्ने वताए ।
‘जो सुके होस नकरात्मक कुराको सार्वजनिक गर्दा समाज सुधारका लागि सहयोग पुग्छ ’ श्रेष्ठले भने – पत्रकारहरुको भूमिका निर्वाह गर्दा कोहि कसैले दुख्ख मान्नु पर्ने कुरा हुदैन ।
मन्थली नगरपालिकाले निर्वाचनमा जुनसुकै पार्टीबाट जितेर आएपनि साझा भावनाका साथ काम गर्दै आएको वताउदै उनले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य ध्यान दिएर काम गर्दै आएको वताए । ‘अझैपनि आधारभुत विद्यालयको नतिजाले हामीलाई सन्तुष्ट पारेको छैन’ उनले भने – अव तपाईहरुको कलम शैक्षिक सत्रको सुधारका लागि चल्नुपर्छ । उनले पत्रकार र संचार क्षेत्रको विकासका लागि मन्थली नगरपालिका सहयोग गर्न तयार रहेको उनले वताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष बद्री नयांघरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारुमगर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष नबराज श्रेष्ठले पत्रकारीतामा अनलाईन प्रविधिको शिप प्रदान गर्ने कार्यले जिल्लाको पत्रकारीता क्षेत्रको व्यवसायीक विकासमा सहयोग पुग्ने वताए ।
५ दिन सम्म चल्ने उक्त तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमका लागि नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाले सहयोग गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस