बलेरो दुर्घटनामा १५ घाईते
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउंपालिका वडा नम्बर ५ गुन्सालमा जन्ती लिएर सोहि गाउँपालिकाको वडा नम्बर ६ लखनपुर तर्फ गईरहेको बलेरो आईतबार साझ दुर्घटना हुदा १५ जना घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाईते सवैलाई उपचारको लागि एम्बुलेन्सबाट राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ तर्फ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार टोकरपुरको रजमानटारबाट जन्ती बोकेर गुन्सालको उकालो जादै गरेको बलेरो पछाडि सर्दै सडकमा पल्टिएको हो । दुर्घटनामा लखनपुर जागुका खड्गवहादुर श्रेष्ठ, मेघवहादुर श्रेष्ठ, स्वस्तीका श्रेष्ठ, टंक श्रेष्ठ र डिलवहादुर श्रेष्ठ गम्भिर घाईते भएका छन् । उनीहरु लगाएत १५ जना घाईते घाईतको स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय टोकरपुरबाट पुगेको प्रहरीले उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाएको हो । क्षमता भन्दा यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रँरम्भिक अनुमान छ । दुर्घटनामा परेको जीप चालक प्रहरीको सम्पर्कमा पुगेका छैनन् । दुर्घटनाग्रस्त जीपमा रहेका दुला
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस