महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
गरुङलाइ बिहीबार मुटुमा दुखाइ बढेपछि सदरमुकाम स्थित मेडिकलमा ल्याइएको थियो । मेडिकले समस्या छैन भनेपछि बिहीबार राति नै गुरुङ घर फिर्किएका थिए ।
शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सदरमुकाम ल्याइएको थियो ।अस्पताल लैजाने क्रममा बाटाेमा गुरुङलाई हृदयघात भएको थियाे ।
शुक्रबार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालले गुरुङलाई मृत घोषणा गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
२०७९ को स्थानिय तहकाे निर्वाचनमा गुरुङ नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस