त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएकाे आधारमाठाकुरलाइ निलम्बन गरिएकाे हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले एक विज्ञप्ति जारी गर्दै ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको उल्लेख गरेकाे छ ।
सो विषयमा जाँचबुझ गर्ने क्रममा महाप्रबन्धकलाई पदबाट निलम्बन गर्न लेखी पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विज्ञप्ति मार्फत उक्त विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ समेत आग्रह गरिएकाे मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसिले जानकारी दिएका छन् ।
महाप्रबन्धक ठाकुर दुई वर्षदेखि विमानस्थलको प्रमुखका रुपमा कार्यरत थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस