बलेरो दुर्घटनामा परि ११ घाईते, तीनको अवस्था गम्भिर
रामेछाप – रामेछापको उमाकुण्ड ७ भुजिमा शनिबार अपरान्ह बलेरो दुर्घटनामा परी ११ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । उनिहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउंपालिका १ दुरागाउबाट उमाकुण्ड ७ भुजि जादै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्चि सडकमा अनियन्त्रीत भई करिव ५० मिटर झरेको बलेरोमा यात्रा गर्ने सवै घाईते भएका छन् ।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाईते हुने मध्ये लिख तामाकोशी १ का वडा सदस्य विमल सुनुमवार , दुरागाउकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ । नाम नखुलेका अन्य ४ जना घाईतेलाई गाडि मार्फत काठमाण्डौं तर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा घर आगलागी हुदा एक महिलाको मृत्यु
- २ ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह
- ३ स्थानिय उत्पादनको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाटबजार सुरु
- ४ नेपाली कांग्रेस मन्थली नगरपालिकाकाे वडा सम्मेलन स्थगित
- ५ वनमा आगाे लगाउदै हिडेकाे आशंकामा एक युवक पक्राउ
- ६ तारकेश्वरमा आँखा शिविर , मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने
- ७ लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक
- ८ राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
प्रतिक्रिया दिनुहोस