जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको मृत्यू
काठमाण्डौं । जाजरकोटको छेडागाड नगरपालिकामा सोमबार भएको जिप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । दुर्घमटनामा १ जना घाइते भएका छन् ।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले वताएका छन् । दुर्घटनामा जीप चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ । दुर्घटनामा जाजरकोटको छेडेगाड नगरपालिकाकै ८ जना र दैलेखको भगवती माई गाउँपालिकाका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरु सवैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
छेडागाडा ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको उनले वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस