चुनावको विज्ञापन अब अनलाइनमा पनि गर्न सकिने
काठमाण्डौ- यहि मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा राजनितिक दल तथा उम्मेदवारले अनलाइनको माध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले अनलाइन संचारमाध्यबाट उम्मेदवारलाइ विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १५ मा राजनितिक दल वा उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिता तथा आचारणमा राजनितीक दल वा उम्मेदवारले विभिन्न संचार माध्यमको प्रयोग गरेर निर्वाचनमा प्रचार प्रसार गर्न पाउने व्यवस्था गरिएको छ । जसमा अनलाइन संचार माध्यमको प्रयोग सम्बन्धमा स्पष्ट उल्लेख नभएकाले उक्त विषमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ को अधिनमा रहेर कुनैपनि राजनितीक दल तथा उम्मेदवारको प्रचारको विज्ञापन अनलाइनले पनि गर्न सक्ने निर्णय गरेको छ । उक्त विज्ञापन प्रसारण तथा प्रकाशन गर्नका लागि अनलाइन संचार माध्यम सुचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सुचिकृत भएको हुनुपर्ने छ ।
अनलाइन संचारमाध्यमबाट राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको श्रव्य दृष्य सामग्री बढीमा १ मिनेट समम्को प्रसारण गर्न पाइने छ । त्यस्तै अनलाइनमा रोडब्लक , कन्टेन ब्लक, होमपेज ब्यानु। डिटेर पेज ब्यानर, बक्स विज्ञापनको रुपमा प्रचार प्रसार गर्नसकिने छ । त्यसैगरि प्रचार सामग्री सःशुल्क भएको उल्लेख गर्नुपर्ने छ भने राजनीतिक दलले प्रचारमा लागेको खर्चको विवरण प्रचलित कानुन बमोजिम निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस