शिक्षकहरुले गरे अपमान भएको गुनासो
रामेछाप । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कर्मचारी खटाउदा शिक्षकहरुले आफुहरुको मानमर्दन गरेको गुनासो गरेका छन् । शिक्षकलाई अपनानित हुने गरी कर्मचारी खटाएकोमा रामेछाप स्थित शिक्षकहरुका संघ संगठनले बिहिबार मूख्य निर्वाचन कार्यालयमा चेतावनी सहित ध्यानाकर्षण पत्र वुझाएका छन् ।
नेपाल शिक्षक महासंघ सहित शिक्षकका विभिन्न ६ वटा वर्गिय संघ संस्थाका प्रतिनिधिले दस्तखत गरेर वुझाइएको ध्यानाकर्षण पत्रमा निर्वाचनका लागि कर्मचारी खटाउदा शिक्षकको मान मर्यादाक्रमलाई बेवास्ता गरी मानमर्दन तथा अपमान गरीएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
पत्रमा शिक्षकको मानमर्दन हुने गरी कर्मचारीको व्यवस्थापन गर्न माग गर्दै विद्यमान नामावली सुधार गर्न अन्यथा शिक्षकहरुले अपमानित भएर निर्वाचन कार्यमा सघाउन नसक्ने चेतावनी समेत दिइएको छ ।
बुधबार मूख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका ९६ वटा मतदान स्थलका हुने निर्वाचनका लागि १ हजार ८ सय १७ जना कर्मचारी खटाएको थियो । कार्यालयले यस पटक निजामति र संस्थानका अतिरीक्त शिक्ष्ँकहरुलाई समेत खटाएको छ ।
स्थायी कर्मचरीलाई मतदान अधिकृत वनाइएको छ । स्थायी कर्मचारी मतदान अधिकृत भएको स्थानमा सहायक मतदान कर्मचारी अधिकृतनै रहेका छन् । शिक्ष्ँकहरुको मुख्य गुनासो नायव सुव्वा मतदान अधिकृत रहेको स्थानमा समान तलव खाने शिक्षकहरु मतपत्र दिनेमा परेकोमा रहेको जनाइएको छ । तर माध्यमिक शिक्षकहरु भने दर्जनौ स्थानमा मतदान अधिकृतका लागि खटाइएका छन् ।
शिक्ष्ँकहरुको ध्यानाकर्षण पत्रका बारेमा मूख्य निर्वाचन कार्यालयको कुनै धारणा आएको छैन । जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शुक्रबार तालिमको कार्यक्रम राखेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस