निजामति सेवा दिवस
रामेछापमा सेवाग्राहिलाई सम्मान र रक्तदान
रामेछाप । निजामति सेवा दिवस २०७९ को अवसरमा रामेछापको मन्थलीमा बुधबार रक्तदान कार्यक्रम संचालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि लगाएत ९ जनाले रक्तदान गरेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेका पहिलो सेवा ग्राहिलाई प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले सम्मान गरेर बुधबारको कार्य थालनी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘ व्यवसायीक र सृजनशिल प्रशासन, विकास सम्वृद्धि र सुशासन ’ भन्ने नाराका साथ यस बर्षको निजामति सेवा दिवस मनाईदै छ । दिवसकै अवसरमा रामेछापका सरकारी तथा अर्ध सरकारी कार्यालयमा दिपावली र सरसफाई जस्ता कार्यहरु गरिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस