बाढीले सखाप भए माछा
रामेछाप । गोकुलगंगा गाउँपालिका १ चुचुरेको सिवालयका खोला खोल्सीहरुमामा बिहिबार आएको बाढीले दुर्य वटा व्यवसायिक फर्ममा रहेका ३३ लाख बरावरको माछा नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चुचुरेको घट्टे खोलामा आएको बाढी पस्दा गौरीशंकर फिसरीमा रहेका करिव १७ हजार ५ सय माछा मरेका छन् । उक्त माछा मर्दा करिव २५ लाख वरावरको क्षति पुगेको छ । त्यसैगरी स्थानीय कोप्चे खोलाको बाढीले सप्तभूमि रेम्बो ट्राउट फर्ममा करिव ८ सय माछा मरेका छन् । ट्राउट फर्ममा करिव ८ लाख बरावरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
विहिबार अपरान्ह ठोसे र चुचुरे क्षेत्रमा परेको अविरल बर्षाले ५ घर गोठ समेत वगाएको थियो । बर्षाले ठोसेको एकानफेदी देखि सिवालय सम्मको सडकको विभिन्न स्थानमा अवरुद्ध पारेको थियो । शुक्रबार पालिकाका अध्यक्ष काजिवहादुर खड्का , उपाध्यक्ष उषा कार्की लगाएतले बाढीग्रस्त क्षेत्रमा राहत र उद्धारको कार्य गरेका थिए । अवरुद्ध सडक खुलाउने र विस्तापित परिवारलाई राहत उपलव्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ । बाढीबाट विस्तापित परिवारलाई नेपाल रेडक्रस सोईसाटी जिल्ला शाखाले शुक्रबार घटनास्थलमा पुगेर आधारभुत राहत सामाग्री उपलव्ध गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस