ठोसे र चुचुरेमा बाढी , ५ घर गोठ वगायो
रामेछाप । रामेछापको उत्तरी क्षेत्रमा विहिबार परेको अविरल बर्षा पछि आएको बाढीले गोकुलगंगा २ ठोसेको एकानफेदीमा ३ घर बगाएको छ । घर, भान्सा र चौपाय बाढीले वगाएपछि ति घरमा वसोवास गर्नेलाई अन्यत्र सारीएको छ । बाढी लेदो सहित वस्तीमा पसेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विहिबार अपरान्ह परेको मुसलधारे पानीले स्थानीय ठाडो खोलाहरुमा बाढी आएको थियो । बाढीले स्थानीय संतोष रोका, ज्ञानवहादुर रोका र रमेश रोकाको घर बगाएको छ । बाढीले स्थानीय धनलक्ष्मी गुरागाई र हरीमाया खत्रीको गोठ र भान्सा वगाएको छ ।
बाढीका कारण एकानफेदी देखि चुचुरको सिवालय तर्फ जाने सडक अवरुद्ध छ । स्थानीय शिक्षक रविकुमार वस्नेतका अनुसार दर्जनौ स्थानमा बाढी पहिरोले सडक पुरेको अवस्था छ । बाढीले चुचुरेको सिवालय वजारमा समेत सामान्य क्षति पु¥याएको वस्नेतले वताएका छन् । साँझ अवेर खोलामा पानीको सतह घटेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस