मन्थली खिम्ती सडक खण्ड पहिरोले अवरुद्ध
रामेछाप । पुष्पलाल मार्गमा पर्ने तिल्पुङ र कठजोर खोला नजिक बान्द्रे भिरमा पहिरो झरेकोले सोमबार साँझ देखि मन्थली – सडक खण्ड अवरुद्ध भएको छ ।
बान्द्रेमा आईतवार पनि पहिरो झरेको थियो । मन्थली नगरपालिकाले पहिरो सफा गरेर साँझ अवेर आवागमन खुलाएको थियो ।
तिल्पुङ छहरा नजिक गत बर्ष झरेकै स्थानमा सोमबार पहिरीएको पूर्व वडा अध्यक्ष सुवास बोहोराले वताए । उक्त स्थानमा खिम्ती –ढल्केबर २२० केभि प्रशारण लाईनको पोल रहेको छ । पहिरोले उक्त पोल जोखिममा परेको उनले वताए । प्रशारण लाईनबाट हाल माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगाएतको उत्पादन ढल्केबर सव–स्टेशनमा पठाइने गरीएको छ । गत बर्षनै उक्त पोल जोखिममा परेपछि प्लाष्टिक ओडाएर जोगाईएको थियो । अर्बौको विजुली आपूर्ति गर्ने प्रशारण लाईन जोखिममा पर्दा नेपाल विद्युत प्राधिकरणले हिउदभर संरक्षणको कुनै काम गरेन ।
पहिरो पन्छाउनका लागि लगातार पानी परीरहेको र झर्ने क्रम जारी भएकाले कठिनाई छ । बान्द्रे नजिक माथि देखिनै पहिरो वग्ने क्रम निरन्तर चलेको छ । रोकिएका साधनलाई गन्तव्य तर्फ पठाउनका लागि सडक खोल्न सक्यो भने मात्र नत्र अहिलै पुरै पन्छाउनका लागि असम्भव जस्तै रहेको स्थानीय दिलवहादुर श्रेष्ठले वताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस