विजुली झ्याप्प झ्याप्प
सर्वसाधारणले गरे विद्युत कार्यालय घेराउ
रामेछाप । विद्युत सेवा पटक पटक अवरुद्ध हुन थालेपछि रामेछापका ग्राहकले विहिबार नेपाल विद्युत प्राधिकरणको रामेछाप वितरण केन्द्र घेराउ गरेका छन् ।
नियमित विद्युत माग गर्दै स्थानीय समाजसेवि, संचारकर्मी र पेशा व्यवसायीले प्राधिकरण पुगेर कार्यालय प्रमुख लगाएतका कर्मचारी घेराउ गरेका थिए । रामेछापमा महिनौ देखि विद्युत सेवा अनियमित हुदै आएको छ । विद्युत पटक पटक जाने आउने गर्दा अस्पताल, संचार माध्यम, पेशा व्यवसाय र सरकारी कार्यालयले सम्पादन गर्ने सेवा समेत प्रभावित हुन थालेका छन् । अत्याधिक गर्मी हुने मन्थलीमा विद्युत जादा जनजिवन समेत कष्टकर बन्न थालेको छ ।
सिन्धुली र दोलखा तर्फबाट ल्याइएका ३३ केभि प्रशारण लाईन दुवै भरपर्दा नभएकाले विद्युत जाने आउने भइरहेको नेपाल विद्युत प्राधिकरणका रामेछाप वितरण केन्द्र प्रमुख कृष्णहरी दाहालले वताएका छन् । दाहालका अनुसार बर्षायाममा दोलखा तर्फको लाईन अझ बढी अवरुद्ध हुने गरेकोले हाल सिन्धुली तर्फको विद्युत वितरणका लागि व्यवस्था मिलाइएको छ ।
रामेछाप वितरण केन्द्रको मन्थली सव स्टेशन मार्फत ३ वटा फिडरबाट विद्युत सप्लाई हुने गरेको छ । सो सव स्टेशनबाट ओखलढुंगा लगाएतका क्षेत्रमा विद्युत दिने गरीएकाले वितरण लाईन समेत विद्युत अवरोधको कारक वनेको दाहालले वताए । साँघुटार, दोरम्बा, राकाथुम र वाम्तीमा निर्माणाधिन सव –स्टशेसन हरु बषौृ सम्म अवरुद्ध भएकाले पनि मन्थली वितरण केन्द्रमा बढी लोड भएर विद्युत जाने समस्या बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस