सुनापति बस दुर्घटना
पालिकाले दाहसंस्कार खर्च दिने
रामेछाप । रामेछापको सुनापति ५ खनियापानीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकको दाहसंस्कार खर्च वापत सुनापति गाउँपालिकाले ३० हजारका दरले उपलव्ध गराउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बुधबार शोकवक्तव्य जारी गरी उक्त प्रतिवद्धता जाहेर गरेका हु्न । उनले सुुनापति गाउँपालिकामै हाल सम्मकै ठुलो दुर्घटनामा परी ज्यान गुमाएका १३ जना यात्रुहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको उपचारको लागि सहकार्य भइरहेको जनाएका छन् ।
सुनापति ३ हिलेदेविको स्वाँराबाट काठमाण्डौंका लागि मंगलबार विहान छुटेको पूर्व अरनिको यातायात समितिको यात्रुबाहक बस करिव १० बजेतिर लुघुघाट नजिक ओरालो झर्दै गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । खनियापानी जाने सडकबाट झरेको उक्त बस मध्यपहाडि राजमार्गमा पल्टिदा ९ जनाको घटनास्थलमानै र ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यू भएको थियो । दुर्घटनामा परेर २४ जना घाईते भएका थिए । घाईतेको काभ्रे र काठमाण्डौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस