समाजसेवि चौलागाईले गरे घाईतेको उद्धार
रामेछाप । रामेछापको खनियापानीमा मंगलबार विहान दुर्घटना भएको बसका घाईते यात्रुलाई काँग्रेस नेता एवं समाजसेवी भरत प्रसाद चौलागाईले हेलिकप्टरबाट उद्धार गरेका छन् ।
बस दुर्घटनाको खवर सुन्ना साथ कैलाश यएरको हेलिकप्टर पठाएर चौलागाईले केहि घाईतेको उद्धार गरेका थिए । हेलिकप्टरबाट काठमाण्डौं पु¥याएका विरामीको काठमाण्डौ मेडिकल कलेज लगाएतका अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाईते भएका २१ जनालाई एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाइएको थियो ।
सुनापति १ गुन्सी निवासी समाजसेवी चौलागाईले यस अघी पनि विभिन्न घटनामा हेलिकप्टर पठाएर सहयोग गरेका थिए । उनले रामेछाप नगरपालिकालाई सव वहान समेत उपलव्ध गराएर सहयोग पु¥याएका छन् ।
मंगलरबार सुनापति गाउंपालिका ३ हिलेदेविको खड्कास्वांराबाट काठमाण्डौका लागि यात्रु लिएर छुटेको पूर्व अरनिको यातायात समिति मार्फत संचालित बस सुनापति ५ खनियापानीको लुभुखोला नजिक घुम्तीबाट खसेको थियो । दुर्घटनामा ९ जना घटना स्थलमानै र ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । वसमा करिव ४० यात्रु थिए । मृतक र घाईते अधिकांश सुनापति गाउपालिकाका रहेका छन् । छिमेकी जिल्ला काभ्रेका ४ जनाको समेत दुर्घटनामा परेर निधन भएको छ । मृतक सवैको सनाखत भइसकेको छ ।
यसैविच सुनापति गाउंपालिकाले सुनापति गाउंपालिकामा भएको बस दुर्घटनाबाट स्तव्ध भएको जनाएको छ । गाउंपालिकाद्धारा साँझ जारी विज्ञप्तिमा दुर्घटनामा परेर ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गरीएको छ । पालिकाले दुर्घटनास्थलमा पुगेर उद्धार र उपचारका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अन्तिम सस्कारका लागि पालिकाले सहयोग गर्ने आश्वासन समेत दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस