धान दिवसमा रामेछापमा विभिन्न कार्यक्रम
ईन्दिरा बोहोरा ।
रामेछाप । असार १५ दहि चिउरा खाने दिन तथा धान दिवसका अवसरमा रामेछापका विभिन्न स्थानमा रोपाई गरेर दहि चिउरा खाने कार्यक्रम आयोजना भएका छन् ।
खांडादेवि गाउँपालिकाको माढिमुहानमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमसागर थापा र गाउंपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगाएत सहभागि भएका थिए ।
यसैगरी मन्थली नगरपालिका ११ मा मन्थली नगरपालिकाले आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । जिल्ला सदरमुकाम मन्थलीको रामेछाप बहु प्राविधिक शिक्षालयले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि लगाएतका सहभागि भएका थिए ।
रोपाई कार्यक्रममा सहभागिले परम्परागत शैलीमा धान रोपाई गरेका थिए । सहभागिले एकअर्कामा हिलो छ्यापाछ्याप गरेर रोपाई आरम्भ गरेको खुसीयाली मनाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस