सुस्त मनस्थितिकी बालिका बलात्कृत
रामेछाप – रामेछाप नगरपालिका ४ बस्ने १३ बर्षिय सुस्त मनस्थितिकी बालिका वलात्कृत भएकी छिन् । हिमगंगाका ६२ बर्षिय श्यामप्रसाद घिमिरेलाई बालिकालाई बलात्कृत गरेको आरोपमा प्रहरीले पक्रउा गरेको छ । घिमिरे साविक हिमगंगा गाविसका भुतपूर्व उपाध्यक्ष समेत हुन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ वस्ने १३ बर्षिया सुस्त मनस्थितिकि बालिकालाई असार १ गते ललाई फकाई आफ्नै घरमा लगि जवरजस्ती करणी गरेका थिए । उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जवरजस्ती करणी पश्चात फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरे विरुद्ध बालयौन दुरुपयोग मुद्धामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस