मन्थलीको बजेट १ अरब ४० करोड भन्दा माथि
सबिनकुमार श्रेष्ठ ।
रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि जिल्लाका अन्य स्थानीय तहको भन्दा ठुलो आधारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख लब श्रेष्ठकाे अध्यक्षतामा भएकाे नीति तथा कार्यक्रम सार्वजनिकिकरण समाराेहमा उप प्रमुख इश्वरी वस्नेतले नगरपालिकाले बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाले आगामी बर्ष कुल १ अरब ४० करोड ७८ लाख ५३ हजार वजेट सार्वजनिक गरेको छ ।
बजेटले मूख्य तथा नगरका मेरुदण्ड सडकलाई कालोपत्रे गर्ने, तिनलाल स्मृति पार्कको अधुरो काम सम्पन्न गर्ने, नगर भित्र विज्ञान विषयमा अध्ययन गर्नेलाई छात्रवृति प्रदान गर्ने, पशु र कृषि प्राविधिक तयार गर्ने, वृक्षरोपन , वातावरण संरक्षण लगाएतमा जोड दिएको छ ।
नगरपालिकाले एकिकृत सम्पति करको दर लाई घटाउने निर्णय गरेको छ । यसअघी लाग्दै आएको करमा १० प्रतिसतले घटाउने निती नगरपालिकाले स्वीकृत गरेको हो । निती तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बजेट समेत प्रश्तुत भएको सो लाई नगरसभाले स्वीकृत गरेको मन्थली नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस