नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बन
काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।
मन्त्रीपरिषदले अधिकारी माथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ । आफु मातहतका कर्मचारीहरुलाई दूर्व्यवहार गरेको लगायत आरोप अधिकारी माथि लगाइएको छ ।
अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली साथै लगेर वित्तीय हानी पु¥याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्री गर्ने जिम्मेवारी दिएको र त्यसबाट स्वयंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।
यस अघी मन्त्री प्रेम आलेले अधिकारीलाई अपशव्द प्रयोग गरी गालि गलौज गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा मन्त्री आलेले अधिकारीलाई तल्लो स्तरको गालि गलौज गरेको सुनीएको थियो । यद्यपी आलेले अधिकारी माथि पदिय आचरण पुरा नगरेकोमा सम्झाएको भन्दै गाली गलौज नगरेको दावि गरेका थिए । उनले अडियो नभै सिसिटीभी फुटेज हेर्न चेतावनी दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस