घरमै पुगेर नागरिकता
रामेछाप । नागरिकता प्रमाण पत्रका लागि सदरमुकाम मन्थलीको जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्ने अशक्तलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरीएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिका ५ निवासी ओमवहादुर श्रेष्ठलाई शुक्रबार उनकै घर पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेको हो । वडा कार्यालयले सवै कागजात सहित जिल्ला प्रशासनमा निवेदन गरेको आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाण पत्र जारी गरी सुनारपानीमा पुगेर हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष रबिन कार्की (नविन) का अनुसार प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले अशक्त श्रेष्ठलाई कार्यालयमा ल्याउन असहजता हुने कुरा वुझेर टोलीनै सुनारपानी पठाईदिएको वताए । उनले नागरिकता पाएपछि श्रेष्ठ अव सामाजिक सुरक्षा भत्ताका लागि योग्य भएको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस