प्रदेश राज्य मन्त्री वली पक्राउ
दाङ — लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
स्थानीयले घटनाबारे खबर गरेपछि वलीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
वली सरकारी सवारी साधन लिएर वस्नेतको घर पुगेकी थिईन । लु १ झ ५३७ नम्बरको सरकारी गाडीबाट झरेपछि वलीले वस्नेतको श्रीमति र नावालक छोरीलाई कुटपिट गरेकी थिईन । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । श्रोतका अनुसार कुटपिटबाट वस्नेत पत्नि घाईते भएकी छिन । घटना के कारणले भएको हो भनने कुरा प्रहरीले अनुसन्धान थालेको छ ।
नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस