असार १ गतेबाट मतदाता नामावली संकलन हुने
रामेछाप – निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । अायाेगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने सोमबार विज्ञप्ति मार्फत जानकारी
दिएको छ ।
मतदानका लागि १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुटेका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत फोटो सहितको नामावली दर्ता गराउन सक्ने अायाेगले जनाएकाे छ ।
त्यसैगरि मतदाता नामावलीमा नाम दर्ता गर्नुका साथै नामवलीमा विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
कुनैपनि पेशा, व्यवसायको कारणले अाफ्नाे ठेगाना भएकाे जिल्ला भन्दा अन्य जिल्लामा बसोबास गरिरहेका व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । त्यस्तो व्यक्तिको नाम स्थायी ठेगानामा रहने गरी जुनसुकै जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएकाे अायाेगका प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
‘आगामी निर्वाचनमा हुने मतदानमा कोही पनि मतदाता नछुट्ने गरी नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले विज्ञप्तिमा मार्फत अनुरोध गरेकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस