एमाले लाई बडार्दै रामेछापमा काँग्रेस
रामेछाप – रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरी नगर प्रमुखमा विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी एमालेका पाख्रिनले ५ हजार ९ सय ८६ मत पाएका थिए । पाख्रिन अघील्लो पटक पनि काँग्रेस सगैं पराजय भोग्नु परेको थियो ।
त्यसैगरी उप प्रमुखमा काँग्रेसकै बालकुमारी कार्की थापा निर्वाचित भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुदाँ उनकी प्रतिद्वन्दी एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरेकी थिईन ।
नेपाली काँग्रेसले नगरका ९ मध्ये ६ वटा वडामा प्यानलै र १ वडामा वडा अध्यक्ष सहित बहुमत सदस्य निर्वाचित गराउन सफल भएको छ । एमालेबाट नगर प्रमुखका उम्मेदवारको वडा मात्र नभै एमालेको किल्ला समेत भनेर चिनीएको वडा नम्बर ६ ओख्रेनीमा यो पटक काँग्रेसले प्यानलै विजय गरेको छ । त्यसै गरी वडा नम्बर १ गोठगाउँ र साँघुटार एमालेबाट र रामपुर माओवादीबाट खोसेर आफ्नो उपस्थितिलाई मजवुद पारेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा प्यानलै विजय गरेको छ । यसअघी माओवादी केन्द्रले जितेको रामपुरमा यो पटक काँग्रेसले अत्याधिक मत ल्याएर विजय हासिल गरेको छ ।
नगर प्रमुखमा निर्वाचित न्यौपाने रामेछापका निष्ठावान र स्वच्छ छवि भएका राजनीतिज्ञ हुन । बीपि कोइरालाको आदर्शबाट विद्यार्थी काल देखि प्रतिवन्धित अवस्थामा काँग्रेसको राजनीति सुरु गरेका न्यौपाने २०४३ सालमा पञ्च विरुद्ध जनपक्षिय रुपमा रामेछाप पञ्चायतको उप प्रधानपञ्च भएका थिए ।
लामो समय नेपाली काँग्रेस र भातृसंस्थाको विभिन्न तहमा रहेर काम गरेका न्यौपाने यस अघी काँग्रेसको जिल्ला सभापति भएर रामेछापको कुना कुनामा पुगेर काँग्रेसको संगठन गरेका थिए । कुनै पनि लाभको पदमा नपुगेका न्यौपानेले कार्यकर्ताको मन जित्दै यो तहमा पुगेका छन् । २०४६ को जनआन्दोलन र २०६२÷६३ को जनआन्दोलनका दौरान रामेछापमा आन्दोलनको आधिवेहेरी श्रृजना गर्ने न्यौपाने निडर स्वभावका क्रान्तिकारी नेता हुन् ।
उप प्रमुखमा निर्वाचित कार्की काँग्रेसमा क्रियाशिल महिला हुन । काँग्रेस क्षेत्रीय प्रतिनिधी रहेकी कार्कीले विभिन्न संघ संस्थामा रहेर काम गरेकी उनी उच्च राजिनीतिक संस्कार भएकी महिला हुन । यसअघी कुनैपनि निर्वाचनमा भाग नलिएपनि उनी राजनीति भन्दा टाढा थिईनन् । उप प्रमुख कार्कीका पति लेखवहादुर कार्की काँग्रेसका जिल्ला उप सभापति हुन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस