रामेछापको दोरम्बामा एमालेले अग्रता लियो
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार टंक चौलागाईले ५८ मत सहित अग्रता लिएका हुन । गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका मैनकुमार मोक्ताले ३१ मत पाएका छन् ।
उक्त पालिकाको उपाध्यक्ष पदमा समेत एमालेकी मुना कंडेल थापाले अग्रता लिएकी छिन् । उनले ५५ मत पाएकी छिन भने गठवन्धनकी उम्मेदवार काँग्रेसकी खमला थापामगरले ३१ मत पाएकी छिन् । दोरम्बा शैलुङको वडा नम्बर १ डडुवाबाट मतगणना सुरु गरीएको निर्वाचन अधिकृत प्रेमराज पौडेलले जनाएका छन् । वडा नम्बर १ यस अघी एमाले विजयी भएको वडा हो । उक्त वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५६ मत र माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- २ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ३ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ४ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ५ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ६ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ७ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ८ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट













प्रतिक्रिया दिनुहोस