टिपरको ठक्करबाट मोटरसाईकल सवार २ घाईते
रामेछाप । रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा मंगलबार भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । घाईते मध्ये १ को अवस्था गम्भिर छ । गम्भिर घाईते लाई उपचारका लागि काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सालु बाट मन्थली आउदै गरेको बाग्मती प्रदेश ०१–००३ क ८७०७ नम्बरको टिपरले मन्थलीबाट सालु तर्फ जादै गरेको बा ७० प २२७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार ओखलढुङ्गा जिल्ला लिखु गाउ“पालिका १ वस्ने प्रभुराम खड्का र मन्थली नगरपालिका ११ वस्ने राजेन्द्रकुमार बुढाथोकी घाईते भएका छन् । मोटरसाईकलको पछाडि सवार बढाथोकी गम्भिर रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस