प्रेस र अभिव्यक्ति स्वतन्त्रताका विरोधि काम हुन दिन्नौं
रामेछाप । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धका कुनै पनि कुरा नेपाल पत्रकार महासंघले स्वीकार नगर्ने वताएका छन ।
मंगलबार रामेछापको मन्थलीमा आयोजित नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको तेश्रो बैठकमा बोल्दै पोखरेलले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध हुने क्रियाकलापको महासंघले खुलेर प्रतिवाद गर्ने वताए । सूचना र संचारका माध्यम प्रयोग गरेर खोज र अनुसन्धानमा सहयोग गर्नुपर्ने संचारमाध्यमनै बन्द गरेर राख्न लगाउने कानुन ल्याउन प्रयास गर्ने सरकारको रबैया ठिक नभएको पोखरेलले वताए । ‘हामीे सरकारमा को छ सगं हैन, सरकारले के गरीरहेको छ भन्ने कुरा हेरेर धारणा वनाउछौं’ पोखरेलले भने – यस मुद्धालाई पनि महासंघले छोड्नेवाला छैनौं ।
प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले प्र्रदेश समितिले पत्रकारहरुका साझा समस्याको समाधानको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र संस्थागत विकास लाई पनि सगसगै लगेको वताए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश खतिवडाले पत्रकारहरुका विभिन्न समस्यामा साझा धारणा वनाएर लाग्नु पर्ने आवश्यक्ता रहेको औल्याए । कार्यक्रममा रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरेले पत्रकारका समस्यामा महासघकाे प्रयास अपुगकाे वताएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस