रामेछाप काँग्रेस
सबै पालिकामा निर्वाचन लक्षित अभियान संचालन गर्ने
रामेछाप । नेपाली काँग्रेस रामेछाप ‘घर घर जाऔं नेपाली काँग्रेसलाई जिताऔं’ अभियान संचालन गर्न रामेछापका विभिन्न पालिकामा टोली परिचालन गर्ने भएको छ ।
चैत ९ देखि २१ गते सम्म संचालन हुने उक्त अभियानमा जिल्लाका उपसभापति देखि प्रवक्तालाई जिम्मेवारी दिइएको छ ।
नेपाली काँग्रेस जिल्ला समिति रामेछापले विहिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा प्रबक्ता नारायण वबहादुर वोगटीले दिएको जानकारी अनुसार अभियान संचालन गर्न रामेछाप नगरपालिकामा उप सभापति लेखवहादुर कार्की, खाँडादेवि गाउँपालिकामा उपाध्यक्ष नबराज थोकर , मन्थली नगरपालिकामा सचिव विनोद कार्की , गोकुलगंगा गाउँपालिकामा सचिव दिपक खड्का, लिखु तामाकोशी गाउँपालिकामा सह सचिव कमल योञ्जन, सुनापति गाउँपालिकामा सह सचिव ध्रुव चौलागाई, दोरम्बा शैलुङ गाउँपालिकामा कोषाध्यक्ष लबवहादुर थापामगर र उमाकुण्ड गाउँपालिकामा प्रबक्ता नारायणवहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी सुम्पिएको छ ।
अभियानको क्रममा पालिकामा तहमा पुगेर स्थानीय निर्वाचन केन्द्रीत काँग्रेसका रणनिती, कांग्रेसले विकास निर्माणमा खेलेको भूमिका, पालिकामा संगठन विस्तारका लागि संचालन गर्नुपर्ने क्रियाकलाप र मतदाताहरुको धारणा समेतलाई वुझ्नेछ । त्यस बाहेक काँग्रेसले संचालन गरेका गतिविधिहरुका बारेमा पनि अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना काँग्रेसले अघी सारेको छ ।
उक्त अभियान रामेछाप जिल्लामा संचालनको जिम्मेवारी सहित केन्द्रीय समितिले केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई खटाएको छ । काफ्ले शुक्रबारनै रामेछाप आइपुग्ने र अभियानको तयारीका लागि जुटने कार्यक्रम छ ।
यसैविच नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित पूर्णवहादुर तामाङ ( कान्छाराम ) को अध्यक्षतामा विभिन्न पालिकामा पुगेर जिल्ला कार्य समितिका ७ वटा बैठक सम्पन्न भएका , जिल्ला समितिका विभिन्न पदमा मनोनयन गर्ने कार्यलाई पूर्णता दिइएको , ६४ वटै वडा तहमा टोल कार्य समितिको गठन अन्तिम चरण्मा पुगेको , जिल्ला कार्य समितिका विभिन्न विषयगत शाखाहरु गठन भएका र यस विचमा करिव २ हजार कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश भएको पत्रकार भेटघाटमा बोगटीले जानकारी दिए ।
पत्रकारहरुले पार्टीले संचालन गरेका गतिविधिका साथै पार्टीको आन्तरिक खिचातानीका विषयमा प्रश्न राखेका थिए । त्यसको जवाफमा प्रवक्ता बोगटीले केहि सामान्य कुराहरु भएका र उक्त कुराहरुलाई पार्टी नेतृत्व संयमित भएर मिलाएर लैजान तयार रहेको वताए । पार्टीले मिडिया र पत्रकारहरुलाई हेर्ने दृष्टिकोण र जिम्मेवार पदाधिकारीबाट भएका अतिसयोक्ती हुने खालका अभिव्यक्तिहरुमा सुधार ल्याउने र सवैको सहकार्य र हातेमालोमा काँग्रेस अघी बढ्ने प्रतिवद्धता बोगटीले व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस