एमालेले छान्यो ७ पालिकामा नेतृत्व
रामेछाप । नेकपा एमाले रामेछापको जिल्लाका ८ पालिका मध्ये ७ वटा पालिकामा नेतृत्व छान्ने कार्य सर्व सम्मत रुपमा सम्पन्न भएको छ । लिखु तामाकोशी गाउँपालिकामा भने नेतृत्वको लागि सहमति हुन सकेको छैन । उक्त पालिकामा निर्वाचनबाट नेतृत्व चुन्ने प्रकृया थालिएको एमालेले जनाएको छ ।
सर्वसम्मत नेतृत्व चुनिएकामा रामेछाप नगरपालिकामा रोशन पाख्रिन, मन्थली नगरपालिकामा रामबाबु घिमिरे, खाँडादेवि गाउँपालिकामा पुष्कर कार्की , दोरम्बा गाउँपालिकामा प्रेम लामा, सुनापति गाउँपालिकामा ज्ञानकुमार योञ्जन, गोकुलगंगा गाउँपालिकामा दिपक कार्की र उमाकुण्ड गाउँपालिकामा रुद्रमणी नेवार सर्वसम्मत रुपमा पालिका अध्यक्षमा निर्वाचित भएका छन् । अन्य पद निर्विरोध भएका थिए ।
निर्वाचनको क्रममा केहि पालिकामा नेतृत्व तहले हस्तक्षेप गरेको थियो । मन्थलीमा ध्रुव कार्की र रामबाबु घिमिरे कस्लाई नेतृत्व दिने विषयमा कुरा नमिल्ला १ दिन अधिवेशन लम्बिएको थियो । सोहि पालिकामा सचिवका लागि राजु कार्की र सोनु रोका विच चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा राजु कार्की निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस