थला प-यो बिजुली वस
रामेछाप । यातायातको बजारमा प्रतिस्पर्धी रुपमा सेवा दिने गरी आएको विजुली बस थला परेको छ । केहि दिन यात्रु बोकेर काठमाण्डौं रामेछाप गुडेको विजुली वस अहिले सडकमा देखिदैन । काठमाण्डौं रामेछाप दैनिक १।१ वटा बिजुली बस संचालन गर्ने गरी भव लक्ष्मी यातायात सेवा प्रालिले सेवा संचालनमा ल्याएको थियो ।
काठमाण्डौंमा रिचार्ज गरेको व्याट्रीले एकतर्फि यात्राका लागि पुग्ने र रामेछापमा चार्ज गरेर फर्कनु पर्ने उक्त विजुली बस माईक्रोबस साईजमा थियो । मन्थलीमा आएपछि रातभरी चार्ज गरेर काठमाण्डौं फर्कने गरेको उक्त वसले केहि दिन मात्र सेवा दियो । काठमाण्डौं मन्थली प्रति यात्रु ५ सय रुपैयाँ भाडा लिएर उक्त वसले यात्रु वोकेको थियो ।
विजुली वस प्रतिस्पर्धी अन्य यातायात सेवाका सुमो र माईक्रो संग प्रतिस्पर्धा गर्नका लागि नसकेर विदा भएको हो । राज्यले विद्युतबाट चल्ने यातायातका साधनलाई प्रमुखता दिने निती अख्तियार गरेकाले भन्सार सुविधामा आएको उक्त वसले नियमित सेवा दिने आशा स्थानीयले राखेका थिए । विजुली वस वातावरणको हिसावले समेत उचित मानिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस