बढि भाडा असुल्ने यातायातका साधन कारबाहीमा
रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुसंग बढी भाडा लिने यातायातका साधनहरुलाई कारबाही गरेको छ ।
दशैंमा काठमाडौ बाट मन्थली तर्फ आउँदै गरेका विभिन्न यातायातका साधनहरुलाई प्रहरीले कारबाही गरेको हो । यातायातका साधनहरुलाइ कारबाही स्वरुप जरिवाना गर्नुका साथै बढी भाडा लिएका यात्रुहरुलाई उनिहरुको पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ । यातायातका साधनहरुले दोब्बर भाडा लिएर यात्रीहरुलाई ठगि गरेको भन्दै ट्राफिक प्रहरीले यातायातका साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीले माइक्रो बस, सुमो तथा बसमा सवार यात्रुहरुलाई धेरै भाडा लिएर काठमाडौबाट आउँदै गरेको सुचनाका आधारमा यातायातका साधनहरुलाई नियन्त्रणमा लिएर सबै यात्रुहरुको बढी लिइएको भाडा फिर्ता गराई २ हजार जरिवान गरि पुन गल्ती नदोहोर्याउने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस