मन्त्री भएको २ दिनमै हमालको राजीनामा
काठमाण्डौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रवहादुर हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र उनले पद तथा गोपनीयताको सपथ खाएका थिए ।
सांसद नभएपनि प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको कोटामा मन्त्री बनाएको भन्दै उक्त निर्णयको विरोध भएको थियो । कानुन व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुले राणा उपर कार्यपालिका माथि हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउनु पर्ने सम्मको कुरा अघी बढाएका थिए ।
यद्यपी प्रधानमन्त्री शेरवहादुर देउवा र सत्ता साझेदार दलले हमाललाई मन्त्री वनाएको कुरामा वचाउ गर्दै उनी नेपाली काँग्रेसका नेता भएको वताएका थिए । हमाल बाँके काँग्रेसका पूर्व जिल्ला सभापति र हाल काँग्रेसको क्रियासिल सदस्य थिए ।
मन्त्री वन्ना साथ सर्बत्र निन्दा भएको विषयमा प्रधानमन्त्री देउवाले समेत हमाललाई राजीनामा दिन सुझाव दिएका थिए । देउवाको मनसाय वुझे पछि हमालले आईतवार विहानै बालुवाटार पुगेर राजीनामा वुझाएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस