मन्त्री भएको २ दिनमै हमालको राजीनामा
काठमाण्डौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रवहादुर हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र उनले पद तथा गोपनीयताको सपथ खाएका थिए ।
सांसद नभएपनि प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको कोटामा मन्त्री बनाएको भन्दै उक्त निर्णयको विरोध भएको थियो । कानुन व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुले राणा उपर कार्यपालिका माथि हस्तक्षेप गरेको भन्दै महाअभियोग लगाउनु पर्ने सम्मको कुरा अघी बढाएका थिए ।
यद्यपी प्रधानमन्त्री शेरवहादुर देउवा र सत्ता साझेदार दलले हमाललाई मन्त्री वनाएको कुरामा वचाउ गर्दै उनी नेपाली काँग्रेसका नेता भएको वताएका थिए । हमाल बाँके काँग्रेसका पूर्व जिल्ला सभापति र हाल काँग्रेसको क्रियासिल सदस्य थिए ।
मन्त्री वन्ना साथ सर्बत्र निन्दा भएको विषयमा प्रधानमन्त्री देउवाले समेत हमाललाई राजीनामा दिन सुझाव दिएका थिए । देउवाको मनसाय वुझे पछि हमालले आईतवार विहानै बालुवाटार पुगेर राजीनामा वुझाएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस