रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
रामेछाप — रामेछापको देउरालीमा सोमबार निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा सहायक निरीक्षक (असई) को घटना स्थलमा नै मृत्यु भएको थियो भने मतदान अधिकृत अस्पताल ल्याउने क्रममा ज्यान गएको हो ।
मृतक प्रहरी (असई) परशुराम यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भने मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको हो ।
घटनामा घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । घाइतेहरूमा चालक सम्बरबहादुर मानन्धर, शिक्षक भीमबहादुर मानन्धर, शिक्षक कृष्णप्रसाद घिमिरे, शिक्षक केदारकुमार रोका, स्वास्थ्यकर्मी पूजा देवी सुनुवार, स्वास्थ्यकर्मी दुर्गा कार्की र कार्यालय सहयोगी सरिना पाठक खड्का रहेका छन् ।
उनीहरूलाई सोमबार साँझ रामेछाप विमानस्थलबाट सेनाकाे हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घाइतेहरूको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन प्रसाद तिमल्सिनाका अनुसार निर्वाचन सामग्री र कर्मचारी लिएर रामेछाप नगरपालिका–२ साँघुटारस्थित वडा कार्यालयतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारीमा दुर्घटनामा परेको हो ।
गाडीमा सवार केही कर्मचारीले हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सामग्री लैजाँदै गर्दा उक्त दुर्घटना भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस