• काेसिस न्यूज
  • आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु


    रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा रहेकाे मन्थली एयरपोर्टबाट आजदेखी रामेछाप–काठमाडौं
    नियमित उडान सुरु भएको छ । नियमित उडानका लागि चाैतर्फी रुममा माग आएपछि आजबाट नियमित उडान सुरु भएकाे हाे ।

    केहिदिन अघि आएकाे बाढीले बिपी राजमार्ग अबरुद्ध भएपछि जिल्लाकाे स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजले नियमित उडानकाे माग राखेका थिए । साेही बमोजिम समिट एयर,तारा एयर र सिता एयरले नियमित उडान सञ्चालन गर्न सुरु गरेकाे छन् ।

    रामेछाप–लुक्ला दैनिक ५० – ६० वटा उडान हुनेभए पनि रामेछाप–काठमाडौं उडान भने उडान हुने गरेकाे थिएन ।यही असोज १७,१८ गतेको भारी वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि स्थानियले रामेछाप – काठमाडौं सहज आवतजावतका लागि हवाई सेवा सुरु गर्न माग गरिएका थिए । उक्त मागलाई विमान कम्पनीहरूले सम्वाेधन गर्दै नियमित उडान गर्ने भएबा हुन् ।

    मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौं जाने छाेटाे दूरीकाे सडक मार्ग अबरुद्ध भएपछि चरिकोट हुँदै जाने लामाे दुरीकाे सडक प्रयाेग गर्न बाध्य भएकाे थिए । सडक मार्ग पटक -पटक अवरुद्ध भइराख्ने हुदा यात्रामा समस्या झेल्नु पर्ने भएकाले हवाइ सेवा सञ्चालनकाे माग राखेका थिए ।

    साेही कारण आजदेखी नियमित उडान सुरु भएसँगै प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर, र शनिबार तारा एयरले रामेछाप काठमाडौ उडान गर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएकाे छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस