सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शुक्रबार साँझ भदौ २७ गते शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो।
संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । यससँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस